
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताउनुभएको छ ।
शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित जनप्रदर्शन तथा जनसभामा बोल्दै उहाँले यस्ताे दाबी गर्नुभएको हो । अध्यक्ष ओलीले अदालतले कुनै पनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठहर्याउन नसक्ने जिकिर समेत गर्नुभयो । हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो सरकारलाई संवैधानिक ठहर्याउन सक्ने अवस्था नरहेको समेत बताउनु भयो । उहाँले वर्तमान सरकार लोकतन्त्रविरूद्ध निर्माण गरिएको आरोप समेत लगाउनु भयो ।
अध्यक्ष ओलीले मुलुकमा विद्यमान राष्ट्रिय संकट समाधान गर्ने कामको नेतृत्व एमालेले गर्ने समेत बताउनु भयो ।