काठमाडौंमा एमालेको जनप्रर्दशन, ओलीसहितका नेताहरूले सम्बोधन गर्ने

मंसिर ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा एमालेको जनप्रर्दशन, ओलीसहितका नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित सडक संघर्षमा होमिएको नेकपा (एमाले)ले काठमाडौंमा वृहत जनसभा आयोजना गरेको छ ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी भन्ने मूलनाराका साथ सो सभा आयोजना गरिएको हो । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरूले सम्बोधन गर्नुहुने नेता पार्वत गुरूङले जानकारी दिनुभयो ।

सभामा अप्रिय घटना हुन नदिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । एमालेले असंवैधानिक रूपमा गठन भएको वर्तमान सरकारको मनसाय नै निर्वाचन गराउने नरहेको जिकिर गर्दै त्यसका विरूद्ध वडा तहदेखि नै जनपरिचालनको कामलाई अघि बढाएको छ । उसले यही मंसीर २७, २८ र २९ गते आयोजना गरिएको पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीको कामलाई पनि एकसाथ अघि बढाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.