सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैन : शंकर पोखरेल

मंसिर ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नलागेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको जनप्रर्दशन तथा जनसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले लोकतन्त्रमा निर्वाचन अनिवार्य हुने भए पनि सरकारले त्यसका लागि आवश्यक वातावरण बनाउन नचाहेको जिकिर समेत गर्नुभयो । महासचिव पोखरेलले सरकारले सुरक्षा निकायको मनोबल बढाउने कुनै काम गर्न नसकेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा चुनाव अनिवार्य हुने गर्दछ । अहिलेको सरकार के चुनाव गराउने बाटोतिर अघि बढिरहेको छ ? यो सरकार चुनाव गराउने बाटोतिर अघि बढिरहेको छैन । भदौ २४ गते सबैभन्दा ज्यादा क्षति नेपाल प्रहरीले ब्यहोर्‍यो । प्रहरीका कार्यालयहरू सबै ध्वस्त गरिए । हतियार र गोलीगठ्ठा सबै लुटिए । प्रहरीको मनोबल कमजोर पारियो । अहिले सरकारले उनीहरूको मनोबल उठाउने काम समेत गर्न सकेको छैन ।’

महासचिव पोखरेलले सरकारले एमालेको कार्यक्रम गर्न समेत नदिने खालको षडयन्त्र गरिरहेको आरोप समेत लगाउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.