
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग आज छलफल गर्दै हुनुहुन्छ । दलका नेताहरुलाई सरकारका काम कारवाहीका बारेमा जानकारी दिन आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निम्ता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि प्रधानमन्त्री कार्कीले सबैसँग संयुक्त छलफल गर्न लाग्नु भएको हो ।
प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्नु भएको थियो । उहाँले जेनजीका प्रतिनिधिहरूसँग पनि छुट्टै छलफल गर्नुभएको थियो ।