
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले विधानअनुसार अगामी पुस २८ गतेभित्र भित्र विशेष महाधिवेशन गर्नेगरी मिति र स्थान तोक्न माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै लेखनाथ पोखरेलले ५५ दिनभित्र विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको बताउनु भयो ।
उहाँले महाधिवेशनको मागलाई उपेक्षा गरेर केन्द्रीय समिति बैठकलाई अनिर्णयको बन्दी बनाइएको भन्दै नियमित महाधिवेशनको कार्यतालिका स्वीकार नगरिने समेत बताउनु भयो । उहाँले विशेष महाधिवेशनका बाँकी प्रतिनिधिहरूलाई समेत हस्ताक्षर अभियानमा सहभागि हुन आह्वान गर्नुभयो ।
उहाँले पार्टी विधानको धारा १७ (२) बमोजिम तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गर्नुभयो ।