सामाजिक सञ्जालमा लागेको आरोपको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठद्वारा खण्डन

मंसिर ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सामाजिक सञ्जालमा लागेको आरोपको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठद्वारा खण्डन

काठमाडौं ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पछिल्ला समय बाहिरिएका आफुसँग सम्वन्धित विभिन्न समाचार र आरोपको खण्डन गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उहाँले आफुमाथि लागेका न्यायपालिकामा एनजीओ आइएनजीओ छिराएको, विमानस्थमा विविन्न ठेक्का लिएको र डोल्मामा लगानी गरेको आरोपको खण्डन गर्नु भएको हो । “न्यायपालिकामा म रहँदा एनजीओ र आइएनजीओ भित्र्याएँ रे, एयरपोर्टमा ठेक्का पट्टा गरेँ रे, डोल्पामा मैले लगानी गरेँ रे । यी सब पूर्णत असत्य छ ।” पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “तथ्यले पुष्टी गर्न म चुनौती दिन्छु ।”

उहाँले भन्नुभयो, “म ठेकदार होइन । मेरो यी सबमा कतै कुनै संलग्नता छैन । यस्ता कुराले मलाई दिक्क लागेको छ ।”

नेपाली जनताले सही सूचना पाउने अधिकार रहेको उल्लेख गर्दै उहाँले यी आरोपहरुमा कुनै तथ्यगत सत्यता नभएकाले यसमा विश्वास नगर्न नेपाली समुदायलाई अपील गर्नुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.