नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समयसीमा आज सकिदैं

प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर ७ गतेसम्म र राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर १० गतेसम्म पुन दर्ता गर्नुपर्ने
कार्तिक ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समयसीमा आज सकिदैं

काठमाडौं । निर्वाचन आयोगमा नयाँ नदल दर्ताको समय सीमा आज सकिदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले आज साँझसम्म नयाँ दल दर्ताको लागि समय दिएको हो ।

आयोगमा दर्ता भएका दलले पनि निर्वाचन प्रयोजनार्थ पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान समेत गरिसकेको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ ।

आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ । फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.