आज देशभर मौसम सफा रहने

कार्तिक ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
आज देशभर मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण देशका अधिकांश भागमा आज मौसम सफा रहने जनाएको छ ।

आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना देखिएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ८ देखि १० र अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसबीच रहने अनुमान गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.