
काठमाडौं । नेपाली काँग्रेसमा महाधिवेशनको मितिबारे बहस र विवाद भैरहँदा विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरेका महिलाहरुले नेतृत्व परिवर्तन गरेर मात्रै चुनावमा जानुपर्ने माग गरेका छन् ।
काठमाडौंमा आज भेला गरेर महिला नेताहरूले समयमै नियमित नभए विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । पुस मसान्तभित्र विशेष महाधिवेशन गरेर भए पनि फागुनमा हुने आम निर्वाचनअघि नयाँ नेतृत्व चुन्नुपर्ने माग उनीहरुको छ ।
नेताहरुले पार्टी नेतृत्व सत्तामा हुँदा पनि जनताको समस्या सम्बोधन गर्न नसकेकै कारण जेन–जी आन्दोलन भोग्नुपरेको दाबी गरे । उनीहरुले काँग्रेसले जनतामाझ सुध्रिएको सन्देश लिएर जानुपर्नेमा पनि जोड दिए ।