
धनुषा । मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा कांग्रेस लगायत सात दलका नेता तथा समर्थकले मधेश भवनस्थित प्रदेश प्रमुख सुमित्रा भण्डारीको कार्यालय र मुख्यमन्त्रीको कार्यालय अगाडि तोडफोड गरेका छन् ।
कांग्रेस, माओवादीसहित सात दलका नेता कार्यकर्ताहरूले मधेश भवनअगाडि विरोध प्रदर्शन गरिरहेका हुन् । प्रदेश प्रमुखको विरोधमा नाराबाजी गर्दै उनीहरुले 'संघीयता विरोधी प्रदेश प्रमुखले राजीनामा दिनुपर्ने' माग गरेका छन् ।
प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहानै संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको पहिलो दलको नेताका रुपमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि दलहरू विरोधमा उत्रिएका हुन्।