मुख्यमन्त्री यादवलाई होटलमा सपथ गराएर प्रदेश प्रमुख भण्डारी काठमाडौं टाप

कार्तिक २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुख्यमन्त्री यादवलाई होटलमा सपथ गराएर प्रदेश प्रमुख भण्डारी काठमाडौं टाप

धनुषा । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेशका मुख्यमन्त्रीमा नेकपा एमालेका सरोजकुमार यादवलाई नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री यादव र तीन मन्त्रीलाई बर्दिबासको एक होटलमा सपथ गराएर उहाँ काठमाडौं जानु भएको छ । हिजो दिनभरिको रस्साकस्सीपछि आज एकाबिहान ४ वजे नेपालक‍ो संविधानको धारा १६८ क‍ो उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएक‍ो हो । 

महोत्तरीको बर्दिबासको एक होटेलमा सपथ ग्रहणपछि मुख्यमन्त्री सरोजकुमार यादवले एमालेका लखन दास तत्मा, राप्रपाकी कंचन बिच्छा र संघीय समाजवादीकी बिमला अन्सारी तरन्नुमलाई बिना विभागीय मन्त्री नियुक्त गरि सपथ गराउनुभएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.