फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनबारे द्विविधा नराख्न कांग्रेस महामन्त्री थापाको आग्रह

संविधानलाई सही मार्गमा ल्याउने एकमात्र बाटो निर्वाचन भएको प्रष्टोक्ति
कार्तिक २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनबारे द्विविधा नराख्न कांग्रेस महामन्त्री थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनबारे द्विविधा नराख्न सबैमा अपील गर्नुभएको छ । उहाँले संविधानलाई सही मार्गमा ल्याउने एकमात्र बाटो निर्वाचन भएको पनि प्रष्ट पार्नुभएको छ ।

उहाँले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भागमात्र लिने नभएर सफल बनाउन लागिपर्ने भन्दै निर्वाचनबारे द्विविधा नराख्न उहाँले सबैमा आग्रह गर्नुभएको हो ।

सामाजिक सञ्जालमा लेख्दै उहाँले पार्टीका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा कांग्रेसले निर्वाचनमा जाने निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय पनि निर्वाचनमा जाने भएको प्रष्ट पार्नुभएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा भइरहेको अलमल २१ फागनुको निर्वाचनको विषयमा नभएको थापाको भनाइ छ । उहाँले निर्वाचनअघि अधिवेशन गर्नुपर्ने र नयाँ नेतृत्वले मात्र कांग्रेसलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने आफुहरुको अडान रहेको पनि बताउनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.