
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका युवाहरूलाई सडकमा उत्रन निर्देशन दिनुभएको छ ।
अध्यक्ष ओलीले संविधानअनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रन सचेत गराउनु भएको हो । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले जायज माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिने भएकाले सरकारले अनुमति नदिए पनि केही फरक नपर्ने जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले प्रदर्शनका लागि सरकारलाई जानकारी दिन युवाहरूले सक्ने भए पनि स्वीकृति नभए पनि नडराई प्रर्दशनमा उत्रनुपर्ने बताउनु भयो । उहाँले संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न दिएकाले त्यसमा रोक लगाउने अधिकार कसैलाई पनि नभएको बताउनु भयो ।
अध्यक्ष ओलीले सरकारले जेन-जी आन्दोलनका अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउने काम नगरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।