
काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित कि विशेष महाधिवेशन भन्ने विवादले पार्टी केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहँदा निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर संकलन सुरू गरेका छन् ।
नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर संकलन सुरू गरेका हुन् । पार्टीमा यसबारे निर्णय गर्न दबाब दिनका लागि हस्ताक्षर संकलन गरिएको नेता श्याम घिमिरेले जानकारी दिनुभयो । आफूहरूले अदालत जान नभइ पार्टीमा बुझाउनका लागि हस्ताक्षर संकलन गरेको उहाँको भनाइ छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरे पनि पार्टीले पुनर्स्थापनाका पक्षमा कुनै निर्णय गरेको छैन।