नेपालमा बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला सुरू भयो : ओली

कार्तिक २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालमा बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला सुरू भयो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद सुरू भएको टिप्पणी गर्नुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले बंगलादेश र म्यानमारमा अधिनायकवादीहरूले चुनाव गर्ने नाममा त्यसको मिति सार्दै गएको दृष्टान्त पेस गर्दै नेपालमा पनि सोही त्यही सिलसिला दोहोर्‍याउन खोजिएको जिकीर गर्नुभयो । 

उहाँले मुलुकलाई फेरि पनि द्वन्द्वमा फर्काउने प्रयास भइरहेकाले त्यसलाई अन्त्य गर्न आफूहरू लागि परेको समेत बताउनु भयो । अध्यक्ष ओलीले जेन-जी पुस्ताको नाममा मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको समेत दोहोर्‍याउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.