
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दलाई भेट्न वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागेका जनार्दन शर्मा र घनश्याम भुसाल हरिसिद्धी पुग्नु भएको छ ।
आज बिहान दुबै नेता एकसाथ विप्लव निवास हरिसिद्धी पुगेका हुन् । तीन नेताबिच फरक शक्ति निर्माण गर्ने सकिने आधारहरुका विषयमा छलफल भएको बताइएको छ । विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन् । शर्माले हिजो मात्र वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग छलफल गर्नुभएको थियो ।