
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले बुधबार पनि महाधिवेशनको कार्यतालिका तय गर्न सकेन ।
लगातार बैठक बस्दै आए पनि कार्यतालिकाका विषयमा छलफल मात्र भइरहेको छ । मंगलबारको बैठकमा महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्तावसहितको कार्यातालिका प्रस्तुत गर्नुभएको थियो । यस्तै सहमहामन्त्री महेन्द्र यादवले काउण्टर प्रस्तावको रूपमा वैशाख २७ देखि २९ गते सम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
दुवै प्रस्तावमाथी दुई दिनदेखि छलफल जारी छ । केन्द्रीय सदस्यहरू दुवै कार्यतालिकामा बाँडिएर धारणा राखिरहेका छन् । महामन्त्री थापा पक्षका नेताहरू फागुन २१ गते हुने चुनावअघि पुसमै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापन पक्षका नेता चुनाव सकेर वैशाखमा महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।