
धादिङ । निर्माणाधीन नागढुङ्ग्गा - मुग्लिङ सडकको पुर्वी खण्डको जिल्ला प्रसासन कार्यालय धादिङले अनुगमन गरेको छ । पुर्वी खण्डको नागढुङ्गा - मलेखु सडकको प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदी सहित सुरक्षा निकायका प्रमुखहरु र आयोजनाका टोलीसहित अनुगमन गरेको हो ।
अनुगमनका क्रममा निर्माणाधीन सडकमा आएका समस्याहरूको पहिचान र राजमार्गमा निर्माणको कामलाई गति दिन र खाल्डाखुल्डी पुरि सहजरुपमा यात्रा गर्न सक्ने बनाउन निर्माण व्यवसायिलाइ निर्देशन दिइएको बताइएको छ ।
पछिल्लो समय कतिपय स्थानमा स्थानीय र निर्माण व्यावसायिका बिच असमझदारी भएको र समस्या समाधानका लागि आयोजनाले प्रसासन सङ्ग सहयोग समेत मागेको छ ।