
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने गर्नुभएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आज आयोजित सभामा महासचिव चन्दले अन्तरिम सरकार रहस्यमय तरिकाले गठन गरिएको टिप्पणी गर्नुभयो । उहाँले जेन–जी विद्रोहले नेपालमा संसदीय व्यवस्था पूर्णतः असफल भएको पुष्टि गरेको पनि जिकिर गर्नुभयो ।
प्रशासनिक सुधार र नेताहरूको सम्पति आर्जनको स्रोत छानबिन गर्नुपर्ने पनि महासचिव चन्दको माग छ ।