बहुमत केन्द्रीय समितिले माओवादीसँग आत्मसमर्पण गरेको घनश्याम भुसाललगायतका नेताहरूकाे आराेप

कार्तिक १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
बहुमत केन्द्रीय समितिले माओवादीसँग आत्मसमर्पण गरेको घनश्याम भुसाललगायतका नेताहरूकाे आराेप

काठमाडौं । पार्टी एकता प्रक्रियामा असन्तुष्ट नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललगायतका नेताहरूले बहुमत केन्द्रीय समितिले माओवादीसँग आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै भुसालसहितको समूहले जिल्ला तहमा आफूहरू बहुमतमा रहेको दाबीसहित वाम आन्दोलनको नयाँ पार्टी निर्माणको घोषणा पनि गरेको छ । मंसिरभित्रै राष्ट्रिय सम्मेलन गर्ने यो समूहको तयारी छ । पत्रकार सम्मेलनमा नेता भुसालले ‌ओरालो लागेका धेरै जनाको एकताले उकालो नचढिने दाबी गर्नुभयो ।

उहाँले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै प्रधानमन्त्रीबाट भागेर गुण्डुमा लुकेर बस्नुपरेको अवस्थामा धेरै ट्याउट्याउ नगर्न सुझाव दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.