हर्क साम्पाङ नेतृत्वको दल निर्वाचन आयोगमा दर्ता

कार्तिक १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
हर्क साम्पाङ नेतृत्वको दल निर्वाचन आयोगमा दर्ता

काठमाडौं । धरान उप-महानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई नेतृत्वको दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

राई आइतबार आयोग पुगेर दलको प्रमाणपत्र बुझ्नु भएको हो । आयोगले दर्ताको प्रमाणपत्र दिएसँगै राई नेतृत्वको श्रम संस्कृति पार्टीले दलको मान्यता पाएको हो। पार्टीमा पाँच पदाधिकारीसहित २८ जनाको केन्द्रीय समिति सदस्य छन् । झण्डा चारकुने सेतो पृष्ठभूमिको बीचमा अञ्जुलीमा माटो हुनेछ ।

राईले गत असोज १२ गते दल दर्ताका लागि आयोगमा निवेदन दिनु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.