माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका आठ दलबीच कार्तिक १९ मा पार्टी एकता हुने

कार्तिक १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका आठ दलबीच कार्तिक १९ मा पार्टी एकता हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित ८ वटा दलबीच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार साँझ बसेको कार्यदलको बैठकमा आठ राजनीतिक दलहरूबीच १८ बुँदे सहमति भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता भएको पार्टी एकता सहमति पत्रमा उल्लेख छ । 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीका बीचमा पार्टी एकता र कम्युनिष्ट एकीकरणको प्रक्रिया अगाडी बढाउनका लागि १८ बुँदामा सहमति गरिएको बताइएको छ ।

सहमति पत्रमा भनिएको छः

पूँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता हो। 

यही आवश्यकतालाई ध्यानमा राखि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी)का बीचमा पार्टी एकता र कम्युनिष्ट एकीकरणको प्रकृया अगाडी बढाउनका लागि निम्न प्रस्तावहरूमा सहमति गरिएको छः

१. पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ ।

२. नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ ।

३. पार्टीको तात्कालिक कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ ।

४. बान्दोलनको स्वरूप : आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ। परिस्थिति अनुसार सडक, सदन र सरकार लगायत आवश्यकता अनुसारका सबै मोर्चाहरू आन्दोलनको मोर्चा हुनेछन् ।

५. पार्टीको एकता राष्ट्रिय सम्मेलन एकता प्रकृयामा सहभागी सबै घटकहरुका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कार्तिक १९ गते गरिने छ। एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरू गरिनेछ ।

६. एकता राष्ट्रिय महाधिवेशन आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।

७. केन्द्रीय समितिको गठन एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ ।

८. केन्द्रीय समिति भित्रको संरचना केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्य संयोजन समिति हुनेछ ।

९. संयोजक र सहसंयोजक केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद हुनेछ। प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ ।

१०. सहमति र समन्वय एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू, आयोजना, संगठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिनेछ ।

११. सबै तहको पार्टी पंक्तिमा एकता समायोजन सबै तहका पार्टी समितिहरू र जनसंगठनहरूमा इन्चार्ज तथा सहइन्वार्ज र संयोजक तथा सहसंयोजकहरू सम्भव भएसम्म एकतामा सहभागी घटकहरूबाट रहने व्यवस्था गरिने छ ।

१२. दुई तहमा रहन सक्ने कुनै पनि सदस्यहर" दुई तहको समितिमा रहन सक्ने छन् ।

१३. पार्टी समितिहरूको सञ्चालन पार्टी समितिहर"को सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्त अनुरूप हुने छ ।

१४. राजनीतिक प्रतिवेदन र कार्यक्रम पार्टी एकता घोषणापश्चात् राजनीतिक प्रतिवेदन, कार्यक्रमलगायतका दस्तावेजहरू निमर्माण गर्न कार्यदल गठन गरिने छ ।

१५. संगठनात्मक समायोजन पार्टी समितिहरू र जनसंगठनहरूमा संगठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ ।

१६. पार्टीको तहगत कार्यकारी समितिहरू केन्द्र, भौगोलिक र गैरभौगोलिक दुबै तर्फका प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी हुनेछन् । संघ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिक स्तरका समितिहरू संगठन समितिको रूपमा रहने छन् ।

१७. पार्टीको नाम र चुनाव चिन्ह पार्टीको नाम रहने र चुनाव चिन्ह पाँचकुने तारा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.