
भक्तपुर । नेकपा एमालेले युथ भोलिन्टियर फोर्स बनाउने भएको छ ।
एमाले जनसंगठन समन्वय संयन्त्रले आइतबार भक्तपुरको गुण्डुमा युथ भोलिन्टियर फोर्स भेलामार्फत् महेश बस्नेतको नेतृत्वमा ९ सदस्यीय कार्यदल घोषणा गरेको हो । शनिवार गुण्डुमा बसेको पार्टी सचिवालय बैठकले निर्णय गरेपछि युथ भोलिन्टियर फोर्स कार्यदल घोषणा गरिएको जनसंगठन प्रमुख भानुभक्त ढकालले बताउनुभयो ।
पार्टीको विभिन्न विभागीय संगठनमा रहिसकेकाहरूलाई समेटेर स्वयमसेवा दस्ताको घोषणा गरिएको र आगामी मंसिर ५ गतेभित्र कार्यविभाजनसहितको राष्ट्रिय युवा स्वयमसेवा दस्ता विधिवत रूपमा घोषणा गरिने उहाँले बताउनुभयो । सरकारले आन्तरिक स्रोतबाटै निर्वाचन खर्च जुटाउने भएको छ ।
आमनिर्वाचनका लागि सहयोग गर्न विभिन्न दातृ निकाय तथा मुलुकले इच्छा देखाएको भए पनि आन्तरिक स्रोतबाटै निर्वाचन खर्च जुटाइने अर्थ मन्त्रालयले जानकारी दिएको हो ।