
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले निर्वाचन सफल बनाउन राजनीतिक दलहरूले पनि पहल गर्नुपर्ने भन्दै अबको प्राथमिकता चुनाव भएको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय वनस्थलीमा आइतबार बसेको रास्वपा सचिवालय बैठकले निर्वाचनको विश्वासलाग्दो वातावरण बनाउन सरकारलाई आग्रह समेत गरेको छ । बैठकले चुनावी गतिविधि अघि बढाउने र उम्मेदवार चयनका लागि मापदण्ड बनाउने पनि निर्णय गरेको छ ।