देश छोडेर भाग्दिन, भाग्नुपर्ने कुनै कारण छैन : पूर्वऊर्जामन्त्री खड्का

कार्तिक ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
देश छोडेर भाग्दिन, भाग्नुपर्ने कुनै कारण छैन : पूर्वऊर्जामन्त्री खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं निःवर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफू देश छोडेर भाग्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वमन्त्री खड्का अमेरिका भागेको भनि अन्तर्वार्ता दिएलगत्तै उहाँले सोमबार जेन-जी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गरी सो दाबी गर्नुभएको हो । 

उहाँले गृहमन्त्री अर्याललाई आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ ? भनि प्रश्न समेत गर्नुभयो । पूर्वमन्त्री खड्काले आफूले मुलुकमा भ्रष्टाचारविर"द्ध अभियाननै चलाएको जिकिर समेत गर्नुभयो । उहाँले राजनीति खर्चिलो हुन्छ भनेर आफूले व्यापार व्यवसाय गरेर राजनीतिमा आएको पनि बताउनु भयो ।

नेता खड्काले श्रीमतीलाई डेंगु लागेर विरामी भएपछि उपचारको लागि भारत गएको स्पष्टिकरण समेत दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.