केपी ओली कानूनभन्दा माथि छैनन् : गृहमन्त्री अर्याल

कार्तिक ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
केपी ओली कानूनभन्दा माथि छैनन् : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली कानूनभन्दा माथि नरहेकाे बताउनुभएको छ ।

सिंहदरबारमा सोमबार पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिनुभएको थियो । गृहमन्त्री अर्यालले ओलीको उक्त चुनौतीलाई कानून मान्दिन भनेको भन्ने संज्ञा दिनुभएको छ । उहाँले पहिला केपी ओली कानूनभन्दा माथि भए पनि अब नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो चाहीँ कानून मान्दिन भनेको हो, उहाँले । केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने पहिलाको चाहीँ त्यस्तो थियो । अहिले हुँदैन ।’ उहाँले केपी ओलीलाई उपत्यकाका नछाड्न सरकारले नभइ भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको आयोगले भनेको बताउनु भयो ।

सम्बन्धित समाचार :

आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई ओलीको चुनौती


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.