निर्वाचनका लागि सरकारी सक्रियता बढ्यो, छलफलका लागि सात दललाई प्रधानमन्त्री कार्कीको पत्र

निर्वाचन, सुशासन र आन्दोलनमा भएको दमनको छानबिन गर्न सरकार प्रतिबद्ध रहेको दाबी
कार्तिक ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनका लागि सरकारी सक्रियता बढ्यो, छलफलका लागि सात दललाई प्रधानमन्त्री कार्कीको पत्र

काठमाडौं । फागुन २१ गतेको निर्वाचनका लागि सरकारले सक्रियता बढाएको छ । 

दलका दोस्रो तहका नेताहरूसँग सम्वादमा रहनुभएको प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार दलका उच्चस्तरिय नेतासँग छलफल गर्दै हुनुहुन्छ । त्यसका लागि प्रधानमन्त्री कार्कीले सात दललाई पत्र लेखी निर्वाचन केन्द्रित छलफलका लागि बालुवाटारमा बोलाउनु भएको हो ।

निर्वाचनबारे छलफल गर्नका लागि मंगलबार ४ बजे बालुवाटारमा प्रधानमन्त्रीले कार्कीले राष्ट्रिय मान्यता प्राप्त दललाई २-२ जना उच्चस्तरीय प्रतिनिधि पठाइदिन भनी पत्र लेखेर पठाएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो । 

प्रधानमन्त्रीले यसअघि विभिन्न दलका विभिन्न तहका नेतासँग अलग-अलग वार्ता गरिसक्नु भएको छ । यस छलफलमा विघटित संसदका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जसपा नेपाल (उपेन्द्र यादव) का प्रतिनिधिहरू बोलाइएको हो। 

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले दलका प्रतिनिधिहरूसँग राष्ट्रपति कार्यालयमै छलफल गरेका थिए।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.