काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहालले पटक-पटक संसद् विघटन गर्नेहरूले संसद् पुन:स्थापनका कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रमा उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्माप्रति लक्षित गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकारले तोकेको समयमा निर्वाचन नभए अर्को अराजकता निम्तिने खतरा रहेको बताउनु भयो ।
उहाँले वर्तामान यथार्थलाई स्वीकार गरेर निर्वाचन सफल बनाउन लाग्न एमालेलाई आग्रह समेत गर्नुभयो । घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प रहेको उहाँको भनाइ छ । यसलाई भड्काउने कोशिस नर्गन उहाँले चेतावनी समेत दिनुभयो ।
उहाँले वर्तमान सरकार एमाले अध्यक्ष केपी ओली कै सिफारिसमा बनेको पनि दोहोर्याउनु भयो । आफ्नै सिफारिसमा बनेको सरकारलाई हाहाहुहुको सरकार नभन्न उहाँको सुझाव छ ।