काठमाडौं । जेन-जी आन्दोलनपछि पहिलो पटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टी मुख्यालय च्यासल पुग्नुभएको छ ।
शनिबार पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन उहाँ पार्टी मुख्यालय पुग्नुभएको हो । कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलगायतका शीर्ष नेताहरू सहभागी हुनुभएको छ ।
जेन-जी आन्दोलनपछि पदच्यूत हुनु भएका ओली अहिले भक्तपुरको गुण्डुमा डेरा लिएर बस्नुभएको छ । भदौ २४ गते आगजनी, तोडफोड र लुटपाटकाक्रममा ओलीको बालकोटस्थित घर र पार्टी मुख्यालय च्यासल ध्वस्त भएको थियो ।