चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे २ खर्ब राजस्व संकलन

कार्तिक १, २०८२ |कान्तिपुर टीभी संवाददाता
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे २ खर्ब राजस्व संकलन

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे २ खर्ब राजस्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार साउन, भदौ र असोजमा २ खर्ब ५१ अर्ब १८ करोड रूपैयाँ राजस्व प्राप्ति भएको छ । यो लक्ष्यको ७८.१२ प्रतिशत हो । असोज मसान्तसम्म सरकारले ३ खर्ब २१ अर्ब ५३ करोडको लक्ष्य लिएको थियो । 

असोज महिनामा १ खर्ब ३ अर्ब ७ करोड उठाउने लक्ष्य रहेकोमा प्राप्ति ९२ अर्ब ४७ करोड रहेको छ । यो लक्ष्यको ८९.७१ प्रतिशत हो । गत वर्षको असोज महिनामा ८३ अर्ब ५० करोड संकलन भएको थियो । कर चुहावट रोक्न राजस्व प्रशासन सक्रिय रहेकाले अपेक्षा अनुसार नै राजस्व संकलन भएको अर्थ मन्त्रालयको भनाइ छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले २ खर्ब ४६ अर्ब १ करोड रूपैयाँ संकलन गरेको थियो । गत वर्षको त्रैमासिक लक्ष्य ३ खर्ब ९ अर्ब रहेको थियो । चालु आर्थिक वर्षमा सरकारको वाषिर्क राजस्व लक्ष्य भने १४ खर्ब ८० अर्ब रूपैयाँ रहेको छ । यस वर्ष जेन-जी आन्दोलनका बीच राजस्व संकलन उल्लेख्य रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.