दोलखाका दुई निर्माणाधीन जलविद्युतको काम तीन महिनादेखि ठप्प

वनक्षेत्रको विवाद र समयमै कानुन नबन्दा आयोजनाको लागत बढ्ने चिन्ता
कार्तिक १, २०८२ |कान्तिपुर टीभी संवाददाता
दोलखाका दुई निर्माणाधीन जलविद्युतको काम तीन महिनादेखि ठप्प

दोलखा । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन दुई वटा जलविद्युत आयोजनाको निमार्णको काम तीन महिनादेखि बन्द भएको छ । 

सरकारकै ढिलासुस्तीका कारण तामाकोसी पाँचौं र माथिल्लो तामाकोसी आयोजनाको २० मेगावाटको रोल्वालिङ काम बन्द भएको हो । जनताको जलविद्युत कार्यक्रम अनुसार निर्माणाधीन तामाकोसी पाँचौ आयोजनाको काम बन क्षेत्रको विवादका कारण बन मन्त्रालयले बन्द गराएको हो । 

निकुञ्ज,संरक्षण क्षेत्रमा पुर्वाधार तथा विकासका संरचना बनाउन भएको कानुन संसोधन सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । जस्का कारण निकुञ्ज र संरक्षण क्षेत्रमा निर्माणाधीन आयोजनाको काम रोकिएका थियो । उक्त फैसलाविरूद्धको रिटमा वन मन्त्रालयलाई कानुन बनाएर आयोजनाको कामअघि बढाउन भने पनि पूर्ण पाठ नआएको भन्दै असार २० गतेबाट ९९ दशमलब ८ मेघावटको तामाकोसी पाँचौं र माथिल्लो तामाकोसी आयोजनाको २० मेगावाटको रोल्वालिङ काम बन्द भएको हो । 

तामाकोसी पाँचौं आयोजनाको अडिट १ र विद्युत गृहको काम भैरहे पनि मुख्य २,३ र ४ नं. अडिट टनेलको काम पूर्ण रूपमा बन्द छ ।  जस्का कारण लामो समयदेखि काम बन्द भएपछि निर्माण कम्पनी सिनो हाईड्रोले त्यअवधिकको क्षतिपूर्ति दाबी गर्ने आयोजनाका एक अधिकारीले बताए । 

निमार्णमा अवरोध भएको उर्जा मन्त्रालयलाई जानकारी पटक-पटक गराइसकेको तामाकोसी पाँचौका कार्यकारी प्रमुख बिनोद भण्डारीले बताउनुभयो ।  निर्माणाधीन आयोजनाका लागि कानुन तयार भएर उर्जा हुँदै कानुन मन्त्रालय पुगिसकेकाले तिहारपछि आयोजना अवरोध हटेर कामले गति लिने उहाँले बताउनुभयो । 

आयोजनाको काममा सरकारी अवरोध हुँदा ४ वर्षमा निर्माण सकिने भनेपनि केहि समय लम्बिने देखिएको छ । २१ अर्ब लाग्ने अनुमान गरिएको आयोजनाको लागत बढने एक अधिकारीले बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.