धनकुटा । चार्जमा राखेको मोबाइल फोन निकाल्दा करेन्ट लागेर धनकुटामा एक महिलाको मृत्यु भएको छ । धनकुटाको शहिदभूमी गाउँ पालिकाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
शहीदभूमि गाउँपालिका-२ सामुगाउँ कि ६४ वर्षीया सोमशेरमाया राई असोज १६ गते साँझ मोबाइल फोन चार्जरबाट निकाल्ने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् । करेन्ट लाग्दा उनको बायाँ हातको करिब ९ प्रतिशत जलेको प्रहरीले जनाएको छ। घटनापछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा उपचार गरेर घर फर्काइएको थियो। तर सोमबार पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो।
उपचारकै क्रममा उनलाई दिउँसो मृत घोषित गरिएको थियो ।