मन्त्रीका लागि पाँच जनाको नाम सिफारिस

आश्विन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्त्रीका लागि पाँच जनाको नाम सिफारिस

काठमाडौं । प्रधनमन्त्री सुशीला कार्कीले पाँच जना मन्त्रीको नाम सिफारिस गर्नुभएको छ भने थप दुई मन्त्रीका लागि परामर्श जारी राख्नु भएको छ ।

नयाँ सिफारिस गरिएका मन्त्रीहरुमा अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा नाम सिफारिस गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

जेन–जीको विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको तेस्रो दिनमा तीन मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.