सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको उत्तरी तातोपानी नाका जोड्ने कोदारी सडक खण्ड एक महिनापछि सञ्चालनमा आएको छ ।
कोदारी सडक खण्डको भोटेकोशी गाँउपालिका २ इकोसहितको चार ठाँउको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । पहिरोका कारण गत भदौ ८ गतेदेखि बन्द रहेको नाका खुलेपछि चीनको विभिन्न समहमा अड्किएका चाडपर्व लक्षित सामान बोकेका कन्टेनरका सामान नेपाल भित्रिन थालेका छन् ।
अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा झन्डै ५०० मिटर सडक भासिएको थियो । इकोमा २५० मिटर, डाक्लाङमा ११० मिटर, पान्थलीमा १०० मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको थियो ।