काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की सरकार विस्ताका लागि परामर्शमा हुनुहुन्छ । सरकारमा सामेल हुने प्रतिनिधिको नाम जने जीले बुझाएपछि सरकार विस्तारका लागि प्रधानमन्त्री कार्कीले परामर्श तिब्र पार्नु भएको हो ।
भोलि घटस्थापनाका दिन सपथ गराउने गरि मन्त्रीहरुको नाम टुंग्याउने तयारी भइरहेको छ । जेन जीले पठाएका नाम र बाँकी मन्त्रीहरुको नाम लगभग टुंगिसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । एक दुई नाममा निर्णय लिन बाँकी रहेको र अब अन्तिम निर्णय प्रधानमन्त्रीले नै गर्ने स्रोतको भनाइ छ। सरकारलाई समावेशी तथा जेन-जीको प्रतिनिधिमूलक बनाउने प्रयासस्वरुप मन्त्रिपरिषद् बिस्तारमा केही ढिला भए पनि भोलिसम्ममा सरकारले पूर्णता पाउने प्रधानमन्त्रीको सचिवालयको दाबी छ।
गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी कार्कीले सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्नुभएको थियो । कार्कीले विभिन्न पेशा, व्यवसायमा आबद्ध ब्यक्तिहरुसँग छलफल गर्नु भए पनि जेन-जीका प्रतिनिधिसँग सहमति हुन नसक्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ हुँदै आएको थियो । मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारले महत्वपूर्ण निर्णय अघि बढाउन सकेको छैन ।