रौतहट प्रहरीद्वारा तीन क्विन्टलभन्दा बढी परिमाणमा गाँजा बरामद

आश्विन ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
रौतहट प्रहरीद्वारा तीन क्विन्टलभन्दा बढी परिमाणमा गाँजा बरामद

रौतहट । रौतहट प्रहरीले तीन क्विन्टलभन्दा बढी परिमाणमा गाँजा बरामद गरेको छ।

रामपुरखाप प्रहरी चौकीबाट खटिएको टोलीले इशनाथ नगरपालिका-८ मोतिपुर सडक खण्डमा तरकारी बोक्ने पिकअप भ्यानबाट गाँजा ३ सय ३४ किलो नियन्त्रणमा लिएको हो। 

प्रहरीले पिकअप चेकजाँच गर्दा माथिबाट २० पोका काउली लोड भएको र तल २६ पोका गाँजा भेटिएको हो। गाडी र चालकसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रवक्ता राजु कार्कीले बताउनुभयो ।

रामपुरखाप प्रहरी चौकीबाट खटिएको टोलीले गएराति इशनाथ नगरपालिका-८ मोतिपुर सडक खण्डमा तरकारी बोक्ने पिकअप भ्यानबाट गाँजा ३ सय ३४ किलो नियन्त्रणमा लिएको हो। 

मोतिपुरबाट जटहरातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १८६१ नम्बरको तरकारी बोकेको पिकअप गाडी प्रहरीलाई देखेर सडक पेटीमै रोकि चालक फरार भएका थिए । 

प्रहरीले पिकअप चेकजाँच गर्दा माथिबाट २० पोका काउली लोड भएको र तल २६ पोका गाँजा भेटिएको हो। गाडी र चालकसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रवक्ता राजु कार्कीले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.