काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने हुनुभएको छ।
प्रधानमन्त्री निकट स्रोतले मन्त्रिपरिषद्मा जानेहरूको नाममा सहमति नजिक पुगिएको जनाउँदै आइतबार वा साेमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाएको छ।
जेन-जीका प्रतिनिधिले आफ्नो तर्फबाट मन्त्रीका लागि प्रस्तावित नामहरू पठाइसकेको कान्तिपुर समाचारलाई जानकारी दिएका छन् । अब अन्तिम निर्णय प्रधानमन्त्रीले नै गर्ने स्रोतको भनाइ छ।
सरकारलाई समावेशी तथा जेन-जीको प्रतिनिधिमूलक बनाउने प्रयासस्वरूप मन्त्रिपरिषद् विस्तारमा केही ढिला भए पनि सोमबारसम्ममा सरकारले पूर्णता पाउने प्रधानमन्त्रीको सचिवालयको दाबी छ।
गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी कार्कीले सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्नुभएको थियो । कार्कीले विभिन्न पेशा, व्यवसायमा आबद्ध ब्यक्तिहरूसँग छलफल गर्नु भए पनि जेन-जीका प्रतिनिधिसँग सहमति हुन नसक्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ हुँदै आएको हो ।
मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारले महत्वपूर्ण निर्णय अघि बढाउन सकेको छैन ।