कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

भाद्र २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि अर्थात् आइतबार बस्ने भएको छ । 

कार्यसम्पादन समितिको बैठक यही २२ गते बिहान ९ः०० बजे सभापति निवास, बूढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभयो ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी गराउनुभयो ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.