विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा अहिले मन्त्री फेरबदल नहुने बताउनुभएको छ ।
विराटनगरमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले मन्त्री फेरबदल नहुने बताउनुभएको हो । उहाँले संविधान संशोधनका लागि दुई तिहाई बहुमत आवश्यक भएकोले दलहरूबीच सहमति नहुञ्जेल संशोधन प्रक्रिया अघि बढ्न नसक्ने पनि बताउनुभयो ।
संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिने र त्यसका लागि सबै दलसँगको सहमति चाहिने भन्दै सभापति देउवाले त्यो अवस्था अहिले नभएको टिप्पणी गर्नुभयो। तर संशोधनका लागि दलहरूबीच आवश्यक छलफल भइरहेको उहाँको भनाइ थियो ।
अर्को एक प्रसंगमा सभापति देउवाले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउन संविधानले केही नबोलेकाले यस विषयमा आफूले केही भन्न नसक्ने बताउनुभयो ।