वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसद्‌मा लैजान्छौँ : सचिव भट्टराई

भाद्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसद्‌मा लैजान्छौँ : सचिव भट्टराई

काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसद्‌मा ल्याउने बताउनुभएको छ ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताउनु भयो । 

उहाँले संशोधन प्रस्ताव लैजाने बारेमा संसद्का सबै राजनीतिक दलसँग छलफल हुने पनि स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधनका लागि संसद्को दुई तिहाई बहुमत आवश्यक पर्ने भन्दै नेपाली कांग्रेस र एमालेको समर्थनले मात्रै संविधान संशोधन हुन नसक्ने बताउनु भयो । 

संविधान संशोधनका एजेण्डालाई नागरिकमा पनि लगेर छलफल गर्ने उहाँले बताउनु भयो । सकेसम्म सर्वसम्मत हुनेगरी संविधान संशोधनको प्रस्ताव लैजाने प्रतिबद्धता समेत उहाँले जनाउनु भयो ।

सचिव भट्टराईले राजनीतिक दलहरूको अडिट पनि महालेखाले गर्नुपर्ने प्रस्ताव गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.