०८४ पछि बन्ने सरकार एमाले र काँग्रेसकै हो, टालाटुली बटुलेर सरकार बनाउँदैनौँः प्रधानमन्त्री ओली

श्रावण २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
०८४ पछि बन्ने सरकार एमाले र काँग्रेसकै हो, टालाटुली बटुलेर सरकार बनाउँदैनौँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ पछि पनि नेकपा एमाले र नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।

काठमाडौंमा मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अरू कुनै पार्टीको नेतृत्वमा सरकार बन्छ कि भन्ने नसोच्न आग्रह गर्नुभयो । 

०८४ को निर्वाचनपछिको सरकार कि एमालेले बनाउने कि कांग्रेसले बनाउने बताउनु भयो । दुवै पार्टीको बहुमत आउन नसके कांग्रेस र एमाले मिलेरै सरकार बनाउने बताउनु भयो । टालाटुली बटुली गरेर सरकार बनाउने काममा दुवै पार्टी नलाग्ने उहाँको दाबी छ ।

प्रधानमन्त्री ओलीले बाँकी पूरा कार्यकाल कांग्रेस-एमालेको सरकार रहने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.