माधवकुमार नेपालले भन्नुभयाे- कम्युनिष्ट आन्दोलनको भविष्य अझै बाँकी

श्रावण ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
माधवकुमार नेपालले भन्नुभयाे- कम्युनिष्ट आन्दोलनको भविष्य अझै बाँकी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताउनुभएको छ ।

कीर्तिपुरमा बुधबार आयोजित ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट नेतृत्वको अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको टिप्पणी गर्नुभयो । वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके पार्टीमा आफू लामो समयसम्म बस्न नसक्ने घोषणा गर्नुभएको छ ।

उहाँले सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भए पनि जनताको हितमा कुनै काम गर्न नसकेको जिकिर गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.