काठमाडौं । हेल्प नेपाल क्लब काभा च्याम्पियन्स लिगमा तेस्रो भएको छ। माल्दिभ्सको मालेमा बुधवार सम्पन्न प्रतियोगिताअन्तर्गत तेस्रो स्थानको खेलमा श्रीलंका पोर्टलाई ३-१ को सेटमा हराउँदै नेपाली टोलीले कास्य जितेको हो।
खेलको पहिलो सेटमा हेल्प नेपालले श्रीलंकन टिमलाई लगातार पछि पार्दै २५-२० को जित दर्ता गरेको थियो।
त्यसैगरी, दोस्रो सेटमा पनि हेल्प नेपालले एक समय १९-नौ को फराकिलो अग्रता बनाएको थियो।
कमब्याकका सबै प्रयास सदुपयोग गर्न नसकेको श्रीलंकन टिम यो सेटमा २५-१५ ले विजयी भएको हो।
तर तेस्रो सेटमा हेल्प नेपालले सुरुआतबाटै अग्रता बनाउन सकेन। लगातार दबाब बनाएर श्रीलंका पोट्सले २५-२० को जित हाासिल गर्यो। तर चौथो सेटमा १०-१० को बराबरीबाट अघि बढेर २५-२१ को जित निकालेको हो।