महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह गर्नू

श्रावण ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह गर्नू

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले निजामति विधेयकमा संशोधनको विषयमा सांसदहरूलाई धम्की दिने प्रयास गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गर्नुभएको छ ।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेत बर्तौलाले यस्तो बताउनुभएको हो । उहाँले सत्तारूढ दल नेपाली कांग्रेसकै सांसदहरूले फरक संशोधन राखेको भन्दै प्रश्न उठाएको उल्लेख गर्दै उनीहरुमा विधायिकी ज्ञानको कमि रहेको बताउनु भयो । 

उहाँले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई निजामति विधेयकमा फरक संशोधन राखेको विषयमा मिडियाबाजी नगरी आफ्नै सभापतिसँग छलफल गर्न पनि गर्नुभयो । बर्तौलाले कानून निर्माण प्रक्रियामा पार्टीको ह्वीप नलाग्ने भएको कारण सांसदको स्वतन्त्र अधिकार भएको बताउनु भयो ।

प्रतिनिधि सभाबाट पास भएको संघीय निजामति सेवा विधेयक अहिले विधायन व्यवस्थापन समितिमा पुगेको उक्त विधेयकमा रहेको कुलिङ अफ पिरियडको व्यवस्था खारेज गर्न एमाले सांसदहरूले संशोधन हालेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.