पुष्पलाल श्रेष्ठको ४७औँ स्मृतिदिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइयो

श्रावण ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
पुष्पलाल श्रेष्ठको ४७औँ स्मृतिदिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइयो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृतिदिवस बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

एमालेसहितका विभिन्न कम्युनिष्ट घटकहरूले देशैभरि श्रद्धाञ्जली कार्यक्रम गर्दै पुष्पलालको योगदानलाई सम्झिइरहँदा उहाँको जन्मथलो रामेछापको भंगेरीमा वषौँअघि निर्माण थालिएको स्मृतिपार्क भने अलपत्र छ । 

सरकारले ५५ करोडको लागत अनुमानसहित अन्तर्राष्ट्रिय संग्रहालय बनाउने लक्ष्यसाथ आर्थिक वर्ष २०७७/७८ मा काम सुरू गरेको थियो। तर, हालसम्म जग्गा अधिग्रहण र केही संरचनाबाहेक, पार्क निर्माणको खासै प्रगति छैन । 

कम्युनिष्ट आन्दोलनको तीर्थस्थलको रूपमा विकास गर्ने भनिएको भंगेरी अहिले जंगल र झारपातबीच हराएको छ। ‌


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.