ओलीलक्षित माधवको टिप्पणीः अरू आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन

श्रावण ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओलीलक्षित माधवको टिप्पणीः अरू आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरालाई निषेध गर्नु नहुने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफ्नो नेतृत्व खोसिएला भन्ने डरले प्रवेश निषेध गरिने प्रवृत्ति राम्रो नभएको बताउनु भयो । 

उहाँलै कम्युनिष्ट पार्टीका नेताहरूको सक्रियता अहिले जरूरी भएको बताउनु भयो । उहाँले आज कम्युनिष्टहरू धेरै समूहमा विभाजित रहेको भन्दै विभाजित भएका समूहहरू एक आपसमा छलफल गरेर एउटै हुन जरूरी रहेको बताउनु भयो । 

अलग-अलग पसल थापेर बस्नु राम्रो नभएकाले एउटै हुनेगरी अघि बढ्न जरूरी रहेको उहाँले बताउनु भयो । अध्यक्ष नेपालले पार्टीमा जति धेरै मानिसहरू जम्मा हुन्छन्, जति धेरैको सक्रियता जनाउन सकिन्छ त्यसले आन्दोलनमा फाइदा गर्ने उहाँकाे भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.