काठमाडौं । पार्टी राजनीतिमा फर्कने तयारीमा नेकपा एमालेकै नेतृत्व बाधक बने पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने आफू अघि बढिसकेको बताउनुभएको छ ।
केही पत्रकारहरुसँग मंगलबार आफ्नै निवासमा कुराकानी गर्दै भण्डारीले सक्रिय राजनीतिमा अघि बढिसकेको र खुट्टा नकमाउने प्रष्ट पार्नुभयो । उहाँले आफ्नो पक्षमा बोल्नेहरुमाथि आतंक सिर्जना गर्न खोजिएको भन्दै आपत्ति समेत जनाउनुभएको छ ।
राष्ट्रपति हुँदा नै राजनीतिमा फर्कने कुरा अध्यक्ष केपी शर्मा ओलीसँग भएको दाबी भण्डारीको छ ।