सिन्धुपाल्चोक । गएरातिको अबिरल वर्षाका कारण अरनिको राजमार्गको कोदारी क्षेत्रको इकोमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।विहान करिब ५ बजे सडक माथिबाट ठूलो मात्रामा पहिरो खस्दा सडक सम्पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
चीनसँगको प्रमुख व्यापारिक नाकामा आवतजावत र सवारी सञ्चालन विहानैदेखि पूर्णरूपमा रोकिएको छ । पहिरो झर्ने क्रम अझै नरोकिएकाले सडक सुचारु गर्न असम्भव देखिएको छ । पटक पटक इको क्षेत्रमा पहिरो गएर सडकले पटक पटक दुख दिदै आएको छ।
सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारबीच सडक खुलाउन छलफल जारी रहेको प्रहरीले जनाएको छ।