पाँचथर । खोलामा पानीको सतह घटेसँगै चारदिन देखि अवरुद्व मेची राजमार्गको पाँचथर खण्ड अन्तरगत हेंवा खोलाबाट गाडी तर्न थालेका छन ।वुधबार बिहानैदेखि यो खोलामा चार पाङग्रे साधन वारपार गर्न थालका हुन ।
बाढीले क्षति पु¥याएको डाइभर्सन मर्मत नभएपनि सवारी चालकले जोखिम मोलेर सवारी र ढुवानीका साधन हेंवा खोला वारपार गराउदै आएका हुन । मंगलबार अपरान्हदेखि वुधवार सम्म सय भन्दा धेरै गाडीले हेंवा पार गरेको बताइएको छ ।
दुई पाङ्ग्रे र तीन पाङ्ग्रे साधन भने खोला तर्न सक्ने अवस्था अझैपनि छैन । यद्वपी वारीपारी रोकिएका मोटरसाइकल र स्कुटर ट्याक्टरमा बोकाएर वारपार गराइएको छ ।
खोलाको मुहान क्षेत्रमा पानी परिरहेकाले पुनः बाढी आउने जोखिम रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय पाँचथरले सर्वसाधारणलाई आग्रह गरेको छ ।