प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

श्रावण ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपरान्ह १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ ।

यस्तै, आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजै तीन वटा संसदीय समितिको बैठक बस्दैछ । सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.